+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-QOLFAA
मिति
स्थिति समाधान भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण यस प्रदेश सरकारले युवाको रोजगारी सृजनाको लागि क कस्तो व्यवस्था गरेको छ? स्मार्ट सिटीको अनुभूति नागरिकले कसरी गरेका छन्? साथै प्रहरीले साँझ परेपछि लेकसाइड आदि ठाउँमा चेकिङको नाउँमा जाल थापेर बस्ने गरेका छन् किन?
कार्यहरू
कास्की जिल्लाको पोखरा अन्तर्गत लेकसाइड महत्वपूर्ण गन्तव्य स्थल र विदेशबाट आउने पर्यटकको आकर्षण रहेको हुँदा शान्ति सुरक्षालाई ध्यानमा राखी नियमित चेकजाँच तथा अनुगमन कार्य गरिने गरिएको। कसैलाई दुख हैरानी दिने उद्देश्य नराखिएको भन्ने ४ नं प्रदेश प्रहरी कार्यालय पोखराको च.नं २५३७ मिति २०७५।११।१३ को पत्रबाट जवाफ प्राप्त भएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
स्वरोजगार सृजना कार्यक्रम संचालन कार्यविधि २०७५ स्वीकृत भईसकेको छ ।१८ बर्षदेखि ५९ बर्षसम्मका बेरोजगार नागरिकहरुलाई लक्षित गरी स्वरोजगार गण्डकी प्रदेश मोबाईल एप्सको माध्यमबाट स्वरोजगार मूलक तालिम संचालन गर्न आवेदन माग गरिएको छ ।प्राप्त आवेदनहरुको विष्लेषण गरी स्वरोजगार सृजनाका लागि तालिम कार्यक्रम संचालन गर्ने योजना रहेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
(हेलो मुख्यमन्त्री कक्षमा सिधै मुख्यमन्त्रीज्यू समक्ष पेश भएको) माननीय मुख्यमन्त्रीज्यूबाट अहिलेको हाम्रो शिक्षा पद्दतीले सिपमुलक तालिम नदिने भएको हुँदा हामीले युवालाई सिपमुलक तालिम दिइने व्यवस्था गरिने जसका कारण धेरै युवा स्वरोजगार हुने, यही पनि त्यस्ता सिपमुलक युवाहरु खपत हुने तथा बाह्य मुलुकमै जाँदा पनि आकर्षक तलबमा जान पाउने अवस्था रहन्छ। स्मार्ट सिटी अहिलेसम्म नभएको हुँदा अब बनाउने हो यसको अनुभुति छिट्टै हुनेछ। यसका लागि सूचना प्रविधि, ट्राफिक व्यवस्थापन, पार्क निर्माण आदिको विकास गरिनेछ। साथै पर्यटनलाई रोजगारी सृजना गर्न, गरिबीको अन्त्य गर्न र उत्पादकत्व बढाउने प्रयोग गरिनेछ भनी जवाफ दिनु भएको थियो। तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल