+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-86W2U7
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण अपाङगता भएका शिक्षकहरुलाई घरपायक सरुवा तथा अपाङग लक्षित बर्गकोलागी बिनियोजित हुने बजेट कहीँ कतैबाट नछुटिएको हुँदा अपाङग लक्षित कार्यक्रम स्थानिय तथा प्रदेश तहबाट बढाउन पर्यो ।
कार्यहरू
सामाजिक विकास मन्त्रालयको जवाफ संगै हाललाई यो गुनासो closed गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
शिक्षा ऐन २०२८ (आठौ संसोधन सहित ) र शिक्षा नियमावली २०४९ ( संसोधन सहित ) को अनुशूची १७ मा शिक्षकहरुको सरुवाका लागि सरुवा भइ जाने र आउने दुवै विधालय र स्थानिय तहको सहमतिका आधारमा सरुवा हुने व्यवस्था रहेकोमा सरुवाका लागि सबै शिक्षक समान रहने कानूनी व्यवस्था रहेको छ । प्रदेश स्तरीय शिक्षा ऐन, नियम तर्जुमाको समयमा तपाईले उठाएका विषयलाइ प्रथमिकता दिन सकिनेछ । प्रदेश तहमा अपाङ्गता भएका वालवालिकाहरु अध्ययनरत विधालयको स्तरोन्नती एवं अपाङ्गता सहयता सामग्री वितरण तथा क्षमता विकास कार्यक्रम समावेश गरिएको छ । आगामी आर्थिक वर्ष २०७६।०७७ को बजेटमा थप कार्यक्रम समावेश गरिनेछ । सुझावको लागि धेरै धेरै धन्यवाद !! सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल