+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-GQYHL6
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण अहिले यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि कुनै न कुनै इन्स्टिच्युटको प्रमाणपत्र अनिवार्य गरेको छ तर हामी क्रेन अपरेटर तथा हेभी गाडीहरुको लागि सवारी चालक अनुमति पत्र लिनको लागि कुनै पनि सवारी चालक प्रशिक्षण दिने संस्था वा इन्स्टिच्युट नभएको हुँदा हामीलाई समस्या परेको छ। यसको समाधान छिट्टै होस्
कार्यहरू
सम्बन्धित निकायबाट जवाफ प्राप्त भई फर्छ्यौट गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीकाे च. नं. २५१ मिति ०७५।१०।१४ काे प्राप्त्र पत्रानुसार हेभी इक्युमेन्ट सवारी चालक अनुमति पत्रकाे दरखास्त दर्ता गर्दा सवारी चालक प्रशिक्षण केन्द्र संचालन निर्देशिका २०७४ काे दफा ७ (ङ) (४) वमाेजीम दरखास्त पेश गर्दा हेभी इक्वीपमेन्ट सवारी चालक अनुमति पत्रकाे लागी स्वीकृत प्राप्त प्रशिक्षण केन्द्रबाट कम्तिमा तीस घन्टा ( पन्ध्र दिनकाे अवधी) काे तालिम प्राप्त गरेकाे प्रमाणपत्र वा हेभी इक्युमेन्ट संचालन गर्ने गराउने पूर्ण सरकारी संस्थाबाट कम्तीमा एक वर्षकाे अवधी काम गरेकाे सिफारिस पत्र पेश गर्नुपर्नेछ । भन्ने व्यवस्था भएकाे साेही व्यवस्था बमाेजीम आवेदन दर्ता गर्दा प्रमाणपत्र माग गरिने व्यहाेरा अनुराेध छ भनी लेखी आएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यातायात ब्यबस्था कार्यालय , सवारी चालक अनुमति पत्र कास्की को च न २५१ मिति २०७५।१०।१४ को पत्र मार्फत जवाफ प्राप्त भएको। सो जवाफ निबेदक लाइ जानकारी गराइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीलाइ च. नं.सिएम ५७ मिति ०७५।१०।१३मा यस विषयमा के कसाे भए गरेकाे हाे साे यथार्थ जानकारी तुरुन्त पठाइदिनु हुन भनी पत्राचार गिरएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
(हेलो मुख्यमन्त्री कक्षमा सिधै मुख्यमन्त्रीज्यू समक्ष पेश भएको) माननीय मुख्यमन्त्रीज्यूबाट सवारी चालक अनुमति पत्रको सम्पूर्ण अधिकार प्रदेश सरकारमा आई नसकेको तथा आए पश्चात निर्देशिकामा आवश्यक मापदण्ड तोकी तथा संशोधन गरी इन्स्टिच्युटबाट मात्र नभई सम्बन्धित संस्था वा कम्पनीको सिफारिशको आधारमा फाराम भर्न पाउने व्यवस्था मिलाउने आश्वासन दिनु भएको । तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल