ट्र्याक नम्बर : 01-2019-PJWWGD
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: यातायात कार्यालय पृथ्वीचोकमा कामको अत्यन्त ढिलासुस्ती छ । एक ओटा मोटरसाइकल नवीकरण गर्न हिजोमात्र गएको ४ घण्टा लाग्यो । कर्मचारी झर्केर बोल्छन् । कार्यालय प्रमुख छैनन् भन्छन् । निमित्त को हो भन्दा, निमित्त पनि देखाउँदैनन् । निमित्त हाकीम बोल्न पनि चाहँदैनन् । काममा किन यति साह्रो ढिलासुस्ती भइरहेको छ ? यस्तो ढिलासुस्ती किन भनेर जिज्ञासा राख्दा झनै तपाईँको काम त छिटो पो भएको हो, ४ घण्टामा काम हुनु त यहाँ छिटो मानिन्छ भन्छन् । कर्मचारी व्यवस्थापनको पाटो मन्त्रालयको हो, यसलाई चुस्तदुरूस्त बनाउन मन्त्रालयबाटै पहल हुनुपर्छ भन्छन् कर्मचारीहरू । यसको समाधान होस् । यससम्बन्धी कामकारवाही यसरी नै हुने होकी कसो हो मलाई पनि जानकारी होस् ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस विषयमा के कसाे भए गरेकाे छ साे सम्वन्धी जानकारि पठाइदिनु हुन भनी यातायात व्यवस्था कार्यालय सवारी कास्कीलाइ च. नं. सिएम ५२मिति ०७५।९।३० मा जानकारी माग गरीएकाे व्यहाेँरा अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
गुनासोलाई आवश्यक कारवाहीका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |