+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2019-2HS72M
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार राजनीतिक सुधार विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण मिति २०७५।११।०८ मा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकको निर्णय ४. यस प्रदेशका माननीय मुख्यन्त्रीज्यूको आवास प्रयोजनका लागि नव निर्मित भवनमा आवश्यक फर्निसिङ, वातानुकुलित सिस्टम जडान तथा सिसिक्यामेरा समेतका उपकरण जडानका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध शीर्षक बाट रु 50,00,000।(अक्षरुपी पचास लाख मात्र) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेट उपशीर्षक नं. 704313124 (पूजीगत खर्च)को खर्च संकेत नं. 31115 फर्निचर तथा फिक्स्चर्समा समावेश हुने गरी उपलब्ध गराउने। प्रदेशले सम्बृद्धि हासिल गरेर आर्थिक रुपमा सबल भैसकेको अवस्थामा र प्रदेश भित्र बिकास saturation मा पुगेको अवस्थामा माथिको रकम र सुबिधा तेती धेरै पनि होइन तथापी यहाँ रकम अभावको कारण दुइ चार लाखको लागि प्रदेश धाईरहेको अवस्थामा उल्लेखित कार्यहरुको लागि ५० औ लाख खर्च गर्नु कति समय सान्दर्भिक हो | सबैलाई प्रस्ट छ हामी कुन धरातल, कुन भूगोल अनि कुन समुदायबाट आएका हौ | लाग्छ कुनै पनि माननीयहरुबाट चुनाबको बेलामा पहिलो प्राथमिकता आ आफ्नो सुबिधा पूर्ति हेतु हुन्छ भनेर | यदि सबै माननीय मन्त्रि ज्यूहरु, माननीय सभाषद ज्युहरुको निम्ति यसैगरी खर्च गर्दै जाने हो भने हाम्रो गन्तव्य के हुने ? ठुला ठुला नारा मात्र लगाउदैमा गन्तव्यमा पुग्न सकिन्छ र ? सम्वृद्धि हासिल गर्न सकिन्छ र ? सुरक्षाको दृष्टिकोणबाट सि.सि क्यामरा जडान गर्नु ठिकै होला तर पोखरा जस्तो मध्यम हावापानी भएको ठाउँमा बातानुकुलित उपकरण जडानले प्राथमिकता पाउनु जरुरि हो र ? उच्च पदमा आसिन व्यक्तित्व हरु, मननीय ज्यू हरुबाट त्याग गर्न नहुने सेवा सुबिधा मा compromise गर्न नहुने अनि अरुबाट सोहि त्यागको अपेक्षा गरिने | आश गर्ने भनेकै राजनीतिक व्यक्तित्वहरु बाट हो जो समाजको सेवा गर्छु भनेर लागेका हुन्, जसको नेतृत्व मा सारा परिचालन हुने हो | मर्म र कर्म नबिर्सौ | कुरा मात्र ठुला गरेर कहिँ पुगिदैन |
कार्यहरू
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
This Grievance print &forward OCMCM secretary. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल