+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2020-KV5ADD
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कृषि तथा सहकारी सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण म एक साधारण किसान हो । मैले पोखरा-१६ मा ३२०० सन्ख्या मा बोइलर कुखुरा राखेको छु । हामी किसान को लागी कुखुरामा राम्रो ब्यपार हुने महिना भनेर यही चैत बैशाख मानिन्छ । यसै लाई आधार मानेर मैले ठुलो समुहमा कुखुरा राखे । तर आज को यस परिस्थितिमा , न मैले दाना राम्रो सँग खुवाउन पाएको छु, न ल्याब तथा भेटेनारी सुबिधा सहित राम्रो सग उपचार गर्न पाएको छु, न त भएको कुखुरा बिक्री गर्न पाएको छु, न त बिक्री गर्न उचित मुल्य नै पाएको छु । त्यसैले म जस्तै अरु किसान को पनि पक्कै यही अवस्था छ । सङ्हिय सरकार अन्तर्गत मेरो प्रदेश को सरकार को कार्यकारी प्रमुख हजुर नै हुनुहुन्छ । हामी किसान यो पाली यती नराम्रो सग डुब्दै छौ कि सायद आर्को ब्याच समुह राख्न न टाढा कै कुरा हो, परिवार लाई पाल्न पनि आर्थीक अभाब हुने पक्का भएको छ ।मैले अब कुनै पनि उपाय नदेखेर हजुर समक्ष्य गुहार माग्दै छु । हामी किसान लाई बिन्ती छ निरुत्साहित नबनाइदिनु होला । कृपया यस नाजुक अवस्थालाई मध्य नजर गर्दै उचित राहत को ब्यबस्था मिलाईदिनु हुनेछ भन्ने आश गरेको छु ।
कार्यहरू
आवश्यक कार्यार्थ सम्बन्धित निकायमा पठाएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
कृषकलाई सहज हुने गरी कार्यक्रम सञ्चालन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई लेखिपठाएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भूमि व्यबस्था ,कृषि तथा सहकारी मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल