+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2021-IOMEW5
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना Agyat, Kaski
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार स्वास्थ्य संग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण श्री माननिय मुख्यमन्त्री ज्यू शिघ्र स्वास्थ्य लाभको कामना भरखरै समचारमा देखियो यहाँलाई पनि कोरोना संक्रमण भएछ, यहाँको आत्मविश्वासले सजिलै कोरोना परास्त गर्नेछ । पुन यहाँको शिघ्र स्वास्थ्य लाभको कामना । पछिल्लो समय तपाँई र तपाँईको दल अलग राजनैतिक अभ्यासमा व्यस्त हुनुभएकोले पनि हुनसक्छ यहाँ मुख्य मन्त्री भएको प्रदेशको राजधानी पोखरामा कोरोना उपचारमा देखिएको लुट र मनपरीतन्त्रले राम्रै स्थान पाएको छ । पोखराका केही निजी अस्पताल र २ वटा मेडिकल कलेजले अहिले कोरोनाको उपचार गरिरहेका छन । उनिहरुले आम जनतालाई सेवा दिएको भन्न पनि पछि हट्दैनन जसमा तपाँईहरुको पनि सहमती हुन सक्ला । अस्पतालहरुमा कोरोनाको उपचार भएको छ कि कोरोना संक्रमितको घरबार विहिन भएको छ ? यस्तो महामारीको अवस्थामा विद्यमान ३ तहको सरकार चुप लागेर वस्नु भनेको लुटलाई थप बल पु¥याउनु होईन र ? पोखराका अस्पतालहरुले नेपाल सरकारले तोकेको दररेटमा किन उपचार गर्न मान्दैनन ? उनिहरु नमान्दा सरकारी निकाय किन चुप लागेर वस्ने गरेको छ ? के अस्पताललाई कुनै कानून लाग्दैन ? के अस्पतालले सामाजिक उत्तरदायित्व पुरा गर्नु पर्दैन ? यो महामारीको अवस्थामा पनि अस्पतालका सञ्चालकहरुलाई फाईदा नै चाहिने ? उनिहरुको कुनै जिम्मेवारी र दायित्व रहदैन ? यिनिहरुको सञ्चालन र नविकरणमा सामाजिक दायित्व र सरकारी निर्देशन पालना गर्नुपर्ने भन्ने शर्त हुँदैन ? तत्कालै पोखराका अस्पतालमा नेपाल सरकारले तोकेको दररेटमा उपचार गराउन यहाँहरुलाई कुन कानून र नियमले रोकेको छ ? सरकारी अस्पतालले बिरामी नलिने अनि निजीलाई जवरजस्ती लुटनको लागि उचित बातावरण सृजना गराउने ? तपाँई मुख्य मन्त्री, उच्च तहको नेता नभै साधारण जनता भएर एक पटक त बिचार गर्नुहोस, श्रम गर्न सबै वन्द छ अनि कोरोनाको उपचार कसरी गर्ने ? भएको जग्गा जमिन विक्रि गर्न पनि त कसैले किन्नु पर्यो नि मुख्य मन्त्री ज्यू, पहिले जनता बाच्नु पर्यो त्यसपछि जीवित रहनुपर्यो । कोरोनाको उपचारमा नै जनताको आर्थिक विचल्ली भएपछि यहाँहरुले अगाल्दै आएको सुखी नेपाली समृद्ध नेपाल कसरी सम्भव होला र ? तत्कालै यहाँको निर्देशनमा अनुगमन भई नेपाल सरकारले तोकेको दररेटमा उपचारको प्रवन्ध गर्नुहुनेछ जसले यहाँको राजनैतिक र सामाजिक हैसियत थप उचो हुनेमा कुनै शंका छैन । तपाँईको सधै भलो चिताउने सर्वसाधरण जनता
कार्यहरू
तँपाइकाे गुनासाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल