ट्र्याक नम्बर : 05-2021-SMZEQK
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: श्री माननिय मुख्यमन्त्री ज्यू गण्डकी प्रदेश हुनत अहिले तपाँई आप्mनो राजनितिक लडाई लड्दै हनुहुन्छ तैपनि जनताले भोग्दै आएका चरम समस्या र सबालमा तपाँईको ध्यान अवस्य पनि जानेछ र तत्काल सुधारको संकेत देखिनेछ । अन्य प्रदेशको तुलनामा कोभिडको केही राम्रो व्यवस्थापन भएको छ जसमा तपाँइको महत्वपुर्ण अभिभावकिय भुमिकाले काम गरेको हो । कोरोना उपचारको नाममा पोखराका निजि अस्पताल र २ वटा मेडिकल कलेजले लिने गरेको मोटो रकमको बारेमा तपाँई जानकार हुनुहुन्छ भन्ने अपेक्षा गरेपनि त्यस्तो देखिदैन । अस्पताल र मेडिकल कलेजले लिएको शुल्कको कस्ले अनुगमन गरेको छ ? नेपाल सरकारले तोकेको दरमा कुन अस्पताल र मेडिकल कलेजले उपचार गरेका छन ? अस्पतालले लिने गरेको शुल्क नेपाली जनताले तिर्न सक्छन सक्दैनन ? दिनको ५० हजार भन्दा वढी रकम अस्पताललाई तिरेर उपचार गराउन तपाँईको प्रदेशका जनता सक्षम छन÷छैनन तपाँई नै जानकार हुनुहोला । सेवा दिएको नाममा बिरामिबाट लाखौ कुम्ल्याउनु कत्तिको न्यायिक र उचित होला ? तपाँई मुख्यमन्त्री भएको प्रदेशमा पनि यो अवस्था हुँदासम्म तपाँईलाई कसरी निद्रा लागेको होला । तपाँईका नजिकका कार्यकर्ता लक्ष्मण गिरीले फेसवुकमा लेखेको स्टाटसले तपाँईलाई कत्तिको छोयो ? एकपटक राती सुतेको बेला गहिरोसँग सोच्नुहोला । तपाँईको गाउको जनताले त्यत्रो रकम तिरेर उपचार गर्न सक्छन ? तत्कालै उचित कदम चाल्नुहुनेछ भन्ने अपेक्षा सहित तपाँईको जनता र शुभचिन्तक
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |