+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-E8990N
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Prem raj Baral, Pokhara mahanagar palika-22
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार दैनिक जीवनका सार्वजनिक विषयवस्तुसँग सम्बन्धित समस्याहरु
गुनासो/उजुरीको संक्षिप्त विवरण सार्वजनिक हित तथा चासोका विषयमा नियमित रुपमा अनुगमन गर्नुपर्ने देखिन्छ । व्यापार, कृषि, दैनिक खाद्य वस्तुमा बिचौलियाको विगविगी बढेको हुँदा यस्को रोकथाम गर्नु पर्ने देखियो मुख्यमन्त्री ज्यू ।
कार्यहरू
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट लेखी आएकाेले फछर्याैट गरिएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस बिषयमा जिल्ला प्रशासन कार्यालय पोखरामा लेखी पठाएकोमा तहाँबाट प्राप्त जवाफमा नियमित रुपमा अनुगमन गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । साथै सेवा ग्राहीको बढी चाप रहने कार्यालयहरुमा विगत आ=j=देखि नै विचौलिया प्रवेशमा निषेध र नियन्त्रण गर्ने व्यवस्था अझ बढी प्रभावकारी रुपमा लागु गर्ने र सुविधा सम्पन्न सहायता कक्षको व्यवस्था भनी सेवा ग्राहीलाई सहज सेवा प्रवाहको व्यवस्था मिलाउन २०७५/५/५ को कार्यालय प्रमुखको बैठकमा निर्देशन दिईएको छ । यसै बिषयमा मालषोत कार्यालय कास्की, मालपोत कार्यालय लेखनाथ, नापी कार्यालय कास्की एव नापी कार्यालय लेखनाथका कार्यालय प्रमुख सहित सम्बन्धित सरोकारबालाको मिति २०७५/५/१२ को बैठकमा विचौलिया निषेध तथा सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन गरिएको जानकारी प्राप्त भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा गुनासाे प्राप्त भइ प्रकृयामा लगिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाईको गुनासो प्रकृयामा लगिएको छ । कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय , आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल