ट्र्याक नम्बर : 08-2018-GSHBUD
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: नीजि विद्यालयहरुले सञ्चालन गरेका बस सेवाहरुमा क्षमता भन्दा बढी विद्यार्थीहरुलाई लिएर हिड्ने साथसाथै स साना आफ्ना झोलाको भारी समेत बोक्न नसक्ने विद्यार्थीहरुलाई उभ्याएर ठूला कक्षाका विद्यार्थी तथा शिक्षकहरु आरामसँग सिटमा बसेको दैनिक जसो देखिन्छ। यसको अनुगमन गरी त्यस्ता विद्यालयलाई कारवाही तथा यस्तो समस्याको पूर्ण रुपमा निदान होस्।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
महत्वपूर्ण गुनासोको लागि धन्यवाद ! यस सम्वन्धमा अनुगमन गरी कारबाही प्रकृया अगाडी बढाउन शिक्षा विकास तथा समन्वय ईकाइ, कास्की, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकालाइ अनुरोध गरि पत्राचार गरिएको छ । | शिक्षा, संस्कृति, विज्ञान-प्रविधि तथा सामाजिक विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |