+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-KK4G73
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण तनहुँ कोत्रेबाट पोखरा ३३ पुडिटार जाने यात्निक पुल जीर्ण अवस्थामा रहेको र अहिले राेकिएको अवस्था अगाडी बढाउने फाउन्डेसन तयार भएको तर चालु अवस्थामा नभएकाे हुँदा अावतजावतमा समस्या भएकाे छ । तसर्थ यसकाे निर्माण सम्पन्न गरी तुरुन्तै चालु अवस्थामा ल्याउने प्रदेश सरकारकाे याेजना के हाे ? तुरुन्तै चालु हाेस भन्ने माग रहेकाे छ ।
कार्यहरू
यस सम्बन्धमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट लेखी आएकाेले फछर्याैट गरिएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तनहुँ कोत्रेबाट पोखरा ३३ पूडिटार जाने यान्त्रिक पूल जीर्ण अवस्थामा रहेको र अहिले रोकिएको भन्ने सम्बन्धमा पोखरा महानगरपालिका वडा नं. ३३ का वडा अध्यक्ष श्री शिव प्रसाद आचार्य सँग टोलिफोनमा भएको कुराकानी अनुसार उक्त ठाउँमा जिल्ला समन्वय समिति अन्तर्गत कास्की अन्तर्गत सोही यान्त्रीक पुल भएको ठाउँमा सँगै अर्को झोलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेको तर ठेकेदारले काम शुरु गरेको २ (दुई) बर्षमा पनि काम सम्पन्न नगरेकोले आवत जावतमा समस्या भएकोले जनगुनासो आएको भन्ने बुझिएको छ । उक्त समस्याको समाधानको लागि ठेकेदारलाई तुरुन्त ताकेता गरी काम अगाडी बढाउनु पर्ने देखिन्छ । उक्त विषयमा सि.डि.ई. हुमाकान्त मिश्र सस्पेन्नसन ब्रिज डिभिजनमा सम्पर्क गर्दा त्रिशुली कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरि काम शुरु भएकोमा ठेकेदारले समयमा काम नगरेकोले ६ महिना अगाडी APG तान्नको लागि NB बैक कमलादीलाई पत्र लेखिएता पनि हाल सम्म बैकले APG फिर्ता नदिएको सो सम्बन्धमा ताकेता गरि राखेका छौ । APG तानेपछि २ महिना कुर्छौ र यदि दुई महिना भित्र काम शुरु नगरेमा Black List को लागि Process अगाडी बढाउँछौ भन्ने जानकारी प्राप्त भएको छ । उक्त सस्पेन्सन व्रिज डिभिजन पुल्चोकलाई तत् सम्बन्धमा के भएको छ भनि सोधि पठाईएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल