+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-XCCE5L
मिति
स्थिति समाधान भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रदेश अन्तरगतका पुराना कार्यालयहरु खारेज भै नयाँ कार्यालयहरु स्थापनाको चरणमा छन |प्रादेशिक बजेट र संघियको बजेट पनि आइसकेको अवस्था छ |अबको मुख्य चुनौती भनेको नै बजेटको सहि कार्यन्वयन हो |सो कार्यन्वयनबाट नै प्रदेश सरकारले गरेको प्रक्षेपित प्रतिफल प्राप्त गर्ने हो | सोको लागि सकेसम्म छिटो कार्यालय स्थापना गरि कर्मचारी व्यवस्थापन गरि कार्यन्वयन प्रक्रिमा जानु पर्ने हो तर अहिले सम्म जिल्लामा सिंचाई खानेपानी जस्ता अति नै महत्वपूर्ण कार्यालयहरुको स्थापना तथा व्यवस्थापन नहुदा योजनाहरु समयमै सम्पन्न हुन सकेनन भने त्यसको प्रतेक्ष मार हामि जनताहरुलाई पर्न जान्छ |सिंचाई कार्यालय अन्तर्गत डिभिजन सब डिभिजन कार्यालयहरुको कार्यालय प्रमुखको सरुवा केन्द्र बाट भैसेको अवस्थामा किन जिल्ला मा खटाउन ढिलो भैरहेको हो ? मन्त्रालयमा सम्बन्धित महाशाखाको प्रमुख राख्दा यो क्षेत्रको institutional memory राख्ने, यस क्षेत्रका प्रायजसो योजनाहरुको अनुगमन निरिक्षण गरेको, साबिकका क्षेत्रिय कार्यालयहरुमा काम गरिसकेको व्यक्तिलाई राख्दा उपयुक्त हुने हो कि?
कार्यहरू
प्रदेश अन्तर्गतका केही कार्यालय खारेज भै नयाँ कार्यालय स्थापना हुने चरणमा छन् । प्रदेश र संघिय वजेट व्यवस्था भएको व्यहोरा ठिक हो । तपाईले कर्मचारी खटिइ सकेको जानकारी दिनु भयो तर हाम्रो यस मन्त्रालयमा हाल सम्म जिल्लाका डिभिजन कार्यालयमा जाने कुनै कर्मचारी खटिइ आएको जानकारी छैन तापनी यथासक्य कर्मचारीहरु आउनुहुनेछ र कार्यालयको स्थापना र योजना कार्यान्वयनको पक्षमा जतिसक्दो छिटो लागि पर्नेछ भन्ने व्यहोरा जानकारीको लागि अनुरोध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सम्बन्धित निकायबाट जानकारी माग गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल