ट्र्याक नम्बर : 09-2018-C0ININ
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: प्रस्तुत विषयमा स्याङ्जा जिल्ला विरुवा गाउँपालिका वडा नं. २ निवासी डोलक बहादुर रानाको छोरा अनिल कुमार रानाको वि.स. २० ७० सालमा जारी भएको जन्मदर्ता विरूवा गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृतले रद्द गरिदिएको, अनाधिकृत रुपमा सच्याईदिएको एवं कानुन बमोजिम प्रमुख प्रशासकिय अधिकृतले प्रमाणित गर्नुपर्ने (consular approval) नगरिदिएको सेवा लिन जाँदा अभद्र व्यवहार देखाएको भनी यस कार्यालय अन्तर्गत रहेको Hello CM कक्षमा गुनासो प्राप्त भएकोले सो सम्बन्धमा के कसो भएको हो, सेवाग्राहिले माग गरेको सेवा गाउँकार्यपालिकाको कार्यालयबाट उपलब्ध हुने हो वा होइन, यी विषयहरुमा आवश्यक जाँचपडताल गरी गुनासो सम्बोधनका लागि आवश्यक कारवाही गरी सोको जानकारी गुनासोकर्ता तथा यस कार्यालयको Hello CM कक्षमा समेत प्रेषित हुन अनुरोध छ ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तपाईको गुनासोलाई कार्यान्वयनमा लगिएको छ । | कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय | |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |