+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-MOCWY4
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Mohan, Japan
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार भ्रष्टाचार नियन्त्रण विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण एउटा बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीहरुको ग्रुप फोटो खिच्ने भयो.. प्रीन्सिपलले फोटोग्राफरलाई भने:- " प्रती फोटो रु.40/- त बढी भयो,अलिक मिलाउनुस न" फोटोग्राफर :- सर चलेको रेट त 50/- हो, ठिकै छ म हजुरको लागि 35/- सम्म गरिदिउला.! प्रीन्सिपल:- 35 हैन,, 600 बिद्यार्थी छन,, 30/- गर्नुस.! फोटोग्राफर:- ok सर.! अब प्रीन्सिपलले सबै क्लास टिचरलाई बोलाएर भने:- "सबै विद्यार्थीलाई ग्रुप फोटोको लागि भोलि रु 60/- ल्याउन भन्नुहोला !" क्लास टिचर कक्षा कोठामा गएर:- "भोलि तिमिहरुको ग्रुप फोटो खिच्ने कार्यक्रम छ,, घरबाट रु 100/- लिएर आउने .!" विद्यार्थीहरु आपसमा खासखुस गर्न थाले:-" बजारमा 50/- मा खिच्ने फोटो यहाँ 100/- ? यो सब टिचर र फोटोग्राफरको मिलोमतो हो,,भलाईको त जमाना नै छैन" विद्यार्थी (आमासङ्ग) :- मम्मी भोलि स्कुलमा ग्रुप फोटो खिच्ने रे... रु 150/- चाहोयो रे ? हैन यो स्कुलले नि कति लुट्न सकेको? कैले के भनेर पैसा माग्या छ... कैले के भनेर पैसा माग्या छ... छ्या नसक्ने भए म त ! पख भरे तेरो बाबा आएसी मागिदिउला ! आमा (बाबासङ्ग):- स्कुलमा फोटो खिच्न रु 200/- चाहियो रे बाबुलाई..! अनि कसरी अन्त्य हुन्छ भ्रस्ट्चार ?? #RePostForAwareness
कार्यहरू
सम्बन्धित निकायबाट जवाफ प्राप्त भई फर्छ्यौट । सुझावका लागि धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस किसिमका विसंगति रोक्न जनचेतना, व्यवहार परिवर्तन, आचरण सुधार तथा जवाफदेहिता बढाउने तर्फ सबैले ध्यान दिनु जरुरी छ । धन्यवाद ।। सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सुझावका लागि धन्यवाद। सबै निकायमा जानकारी गराउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल