ट्र्याक नम्बर : 09-2018-WZKJVL
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: अहिले पोखरा महानगरपालिका वार्ड नं ५ स्तिथ O किमी देखि बिन्दबासिनी सम्मको सडक महानगरकै शानको रुपमा रहेको छ l तर दुखको कुरो सडकमा प्लास्टिकजन्य फोहोरहरु जथाभाबी फ्याक्ने गरिएकोले सडकको सुन्दरतामा आंच आएको छ l म बिहान सडकमा हिड्ने बेलामा देख्छु कि मान्छेहरु साइड ड्रेनमा जबर्जस्ति फोहोर कोचीरहेका हुन्छन जसको कारणले पानी बग्ने नाला बन्द हुने र सडक बिग्रने अवस्था सिर्जना हुन्छ l अझै बाग्लुंग बसपार्क वरिपरी रहेका वर्कशपहरुले सडक अत्यन्तै फोहोर पारेका छन् l नगरपालिकाले त्यस्ता किसिमका समस्याहरुलाई हल गर्न केहि पहल गर्नु पर्यो l दिर्घकालिन रुपमै समस्या समाधान गर्नको लागि बिशेष किसिमको जनचेतना मुलक कार्यक्रम संचालन गर्नुको साथै कडा नियम पनि बनाउन जरुरि छ l Yo sadak ajhae hemja sammae 4 lane gaeinu parxa, firke pool pani 4 lane garinu parxa ra Yo sadak ma solar light ra divider pani rakhinu parxa.
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
सम्बन्धित निकायमा पत्रचार गरिएको । धन्यवाद। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
मिति ०७५।६।१६मा च.नं. सिएम १४ बाट यस बारेमा के भएकाे हाे भनी पोखरा महानगरपालिकाको कार्यालय पाेखरामा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाईको गुनासो दर्ता भएको छ | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |