+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2018-0UQZDB
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार आकस्मिक प्रकृतिका गुनासा
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा महानगरपालिकामा डेङगु रोगका बिरामी भेटीएका हुदा यसले पछि माहामारिको रुप लिनसक्ने भएकोले तत्काल नियन्त्रणका लागी अाबस्यक पहल गर्नु पर्ने ।सामाजिक बिकास मन्त्रालय,स्वास्थय निर्देशनालयमा सम्पर्क गर्दा रेस्पोन्स नगरेकोले मुख्यमन्त्री कार्यालयबाट तत्काल सुनुवाइ हुनु पर्यो ।
कार्यहरू
सामाजिक विकास मन्त्रालयले पोखरा महानगरपालिकासँग समन्वय गरेर कार्य गरिरहेको छ भनि लेखी आएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
पोखरा महानगरपालिकामा केहि दिन अघिदेखी देखापरेको डेङगु रोग नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयले पोखरा महानगरपालिकासँग समन्वय गरेर कार्य गरिरहेको छ । गण्डकी प्रदेशभरीनै बिभिन्न संचार माध्यमहरुबाट डेङगु रोग सम्बन्धि चेतनामूलक सन्देशहरु प्रकाशन तथा प्रसारण गर्ने कार्य भइरहेको छ । माननिय मुख्यमन्त्रीज्यूको अध्यक्ष‍‍‍‍‍तामा डेङगु रोग नियन्त्रणका लागी प्रदेश सरकारको भुमिका बिषयमा सरोकारवालाहरुसँग छलफल गर्नुका साथै प्रदेश स्तरमा डेङगु रोग नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालयका निर्देशकज्यूको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी कार्य भइरहेको छ । सामाजिक विकास मन्त्री मा. नरदेवि पुन मगरज्यू लगाएतको टीमले डेङगु रोगबाट प्रभावित भएर बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचाररत बिरामिहरुको अवस्थाको बारेमा संबन्धित अस्पतालमै पुगेर जानकारी लिनुका साथै अस्पतालका प्रमुखहरु तथा अन्य सरोकारवालाहरुसँग छलफल गरेको छ । संकास्पद बिरामीहरुमा डेङगु रोग परिक्षणका लागी आवश्यक पर्ने RDT Kit समेत स्वास्थ्य संस्थाहरुलाइ उपलब्ध गराइएको छ । पोखरा महानगरपालिकाले पनि स्वास्थ्य संयोजक तथा सरोकारवालाहरुका लागी डेङगु रोग नियन्त्रण सम्बन्धि अभिमूखिकरण कार्यक्रम संचालन गरीरहेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सामाजिक बिकास मन्त्रालयका उप सचिब श्री नारायण अाचार्य लाइ फाेन सम्पर्क गरी तत्काल सुनुवाइकाे लागी निर्देशन समेत दिइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल