+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2018-AOED7I
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण पृथ्वी राजमार्गको कोत्रे सडक खण्डमा पीच गर्ने भनेर बाटो भत्क्याएको महिनौं भयो । धुलो र धुवाँले विजोग छ । मुख्य सडकमा माटो ढुङ्गा थुपारेर सवारी साधनहरू छेउछाउबाट गुडाउने गरिएको छ । प्रदेश सरकारले यसलाई कसरी हेरिरहेको छ ? छिटोभन्दा छिटो बाटो पीच गरेर सवारी आवागमन तथा मानव स्वास्थ्यको प्रभावकारी व्यवस्थापन गरिदिनुप-यो ।
कार्यहरू
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट यस गुनासोका सम्बन्धमा यथाशक्य छिटाे कार्य सम्पन्न हुने भिन डिभिजन सडक कार्लेयालबाट लेखी आएकाेले फछर्याैट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
डिभिजन सडक कार्यालय पाेखरा काे च‍ ‍. न‌.‌ १८३ मिति ०७५।७।१४काे पत्रानुसार २०७५भाद्र महिना देखी साइडमा कार्य शुरु भएकाे र water Tanker प्रयाेग गरी धुलाे नियन्त्रण मा प्रयास गरीएकाे छ । र निर्माणाधिन अवस्थामा Diversion सडक बाट सवारी चलाउदा‌ निर्माण कार्यकाे गुणस्तर काय कायम हुन सहज हुने र यथाशक्य छिटाे कार्य सम्पन्न हुने लेखी अाएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
मिति ०७५।७।१३ च.नं. सि.एम.२७ बाट यस विषयमा के कसो भए गरेकाे छ साे सम्वन्धी यथार्थ जानकारी पठाइदिनुहुन भनी पत्राचार गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गुनासोलाई आवश्यक व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल