ट्र्याक नम्बर : 10-2019-G29NBE
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : दिलिप राज शाहि, पोखरा लेखनाथ महानगरपालिका ,चाउथे
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: माननीय मुख्यमन्त्री ज्यु! नमस्कार । नागरिकको तवरमा बसेर हेर्दा मेरो मनमा लागेको कुरो हो। आजभोलि दिनानुदिन सडक दुर्घटना बढी रहेको छ साथै सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि बढ्दो छ ।त्यसैले सडक दुर्घटनामा सबैभन्दा धेरै ट्रीपर ट्रकबाट भएको लापरबाहीले घटेको छ भन्ने देखिन्छ त्यसैले अब यसतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ। यस्का लागि केही सुझाव पनि दिन चाहान्छु। १. ट्रक टिपरजस्ता ह्याभी सवारी साधनलाई दिउँसोमा भन्दा रातिको ८ बजेपछी बिहान ५ बजेसम्म मात्र संंचालनमा ल्याउने । २. विभिन्न ठाउँठाउँमा सिसिक्यामेरा जडान गरि निगरानी गर्ने । ३.ठाउँ ठाउँमा स्पिड बोर्ड राखी यस्को राम्रोसंग नियमित चेकजाँच गर्ने । यसो गर्दा बाटोमा अलिकति भएप्नी सवारी साधनको चाप घट्ने थियो कि?
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
आ.का.का लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |