+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2018-1KD8VV
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना bidur shrestha, pokhara
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार दैनिक जीवनका सार्वजनिक विषयवस्तुसँग सम्बन्धित समस्याहरु
गुनासो/उजुरीको संक्षिप्त विवरण मैले मिति २०५५सालमा पोखरा बाट मोटर साईकलको सवारी चालक अनुमति पत्र निकाले , तेसपछि २०६७ सालमा नेपालगंज बाट तेसमा कार तथा जिपको थप गरे जसमा चालक अनुमति पत्र नंबर १०-५१२३९३ उल्लेख छ . नाबिकरण गर्ने मिति २०७० साल सम्म रहे पछि येस्लाई मैले पुन पोखरा बाट नाबिकरण गरे . हाल येसको म्याद २०७५-०७-१५ सम्म रहेको छ . नाबिकरण गर्ने समय आएको हुदा म पुन यातायात कार्यालय पोखरा पुगे . तर तहा बाट नाबिकरण नहुने र पुन नेपालगंज जानू पर्ने जानकारी पाए . जबकि मैले सुरुमा पोखरा बाट नै चालक अनुमति पत्र निकालेर एकपटक पोखरा बाट नै नाबिकरण गरे . स्मार्ट चालक अनुमति पत्र जनताको सुबिधाको लागी आएको जस्तो लाग्छ . पहिले सजिलै नाबिकरण हुने अहिले किन नहुने. अहिले मेरो बसाई पोखरामा छ अनि म नाबिकरणको लागी नेपालगंज पुग्नु पर्ने कस्तो अवस्था हो. म जस्तो लाखौ जनताले कति दुख पाए होला. तेहि भएर सवारी चालक अनुमति पत्र जहा बाट पनी नाबिकरण हुने बेवस्था मिलाउनु पर्यो . इन्टरनेट र नेटवर्किंगको यो जमानामा कुनै ठुलो कुरो होइन. आशा छ यो समस्या सके सम्म चाडो समाधान हुनेछ . बिदुर श्रेष्ठ पोखरा
कार्यहरू
गुनासाेका वारेमा भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र गण्डकीमा जानकारी माग गरिएकाेमा र साेकाे सम्बन्धमा उक्त कार्यालयबाट समेत जानकारी प्राप्त भएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा के कसाे भनी यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र गण्डकीमा जानकारी माग गरिएकाेमा उत्त कार्यालयकाे च. नं १६१ मिति ०७५।८।१८ काे प्राप्त पत्रानुसार मिति २०७४।३।६ गते भन्दा अगाडी अन्यत्र अंचल बाट जारी भएका सवारी चालक अनुमतिपत्र अंचलीकरण तथा कम्प्युटर इन्ट्री भएका अाधारमा जुन सुकै यातायात व्यवस्था कार्यालय हरुबाट नविकरण हुने गरेकाे र त्यसपिछ स्मार्ट कार्डकाे सिस्टम लागू भएपछी जुन अंचल कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी भएकाे हाे साेही कार्यालयबाट मात्र नविकरण गर्ने भन्ने यातायात व्यवस्था विभागको निर्देशन भएकाेले यस कार्यालयबाट नविकरण नगिरएकाे हाे । यस कार्यालयकाे पुरानाे सवारी चालक अनुमति काेड नं ०८ र यातायात व्यवस्था कार्यालय नेपालगंज काे स ‍.चा.अ. प. काेड नं १० भएकाेले उत्तः सवारी चालक अनुभतिपत्र नम्वर १० -५१२३१९ यातायात व्यवस्था कार्यालय नेपालगंज बाट नविकरण हुनु पर्ने देखिन्छ । र हाल जारी गरिएका स्मार्ट लाइसेन्स हरुकाे हकमा जुन कार्यालय बाट पनि नविकरण गर्न सिकिने प्रावधान भएकाे भनी लेखी अाएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
मिति ०७५।८।१६मा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकीलाइ च. नं.सि. एम. ३५ बाट यस विषयमा के कसाे भए गरेकाे छ साे काे यथार्थ जानकारी तुरुन्त उपलव्ध गराइ दिन हुन भनि पत्राचार गिरएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
Refer to ministry of physical infrastructure development . मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल