+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-DA9GDR
मिति ९ माघ २०७५, बुधवार
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार दैनिक जीवनका सार्वजनिक विषयवस्तुसँग सम्बन्धित समस्याहरु
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा महानगरपालिकामा आजभोली धेरै फोहर हुन थालेको छ त्यसैले मुख्यमन्त्रीज्यूले नगरप्रमुखलाई बोलाई सबै वडाध्यक्ष, विभिन्न संघसंस्था र समुहको परिचालन गरि आधुनिक तरिकाका डस्टविन प्रयोग गर्ने तथा सरसफाई कार्यक्रम संचालन गर्नका लागि पहल तथा निर्देशन गर्नुपर्‍यो साथै फोहर फाल्ने र गर्नेलाई तत्काल कारवाही गर्नु पर्‍यो साथै सराङकोट जाने बाटो साँघुरो भएको हुँदा पर्यटकलाई असहज भयो यसलाई पनि मर्मत तथा सुधार गरिनुपर्‍यो।
कार्यहरू
९ माघ २०७५, बुधवार
(हेलो मुख्यमन्त्री कक्षमा सिधै मुख्यमन्त्रीज्यू समक्ष पेश भएको) माननीय मुख्यमन्त्रीज्यूबाट यस विषयमा मेयरसाबलाई जानकारी गराउँला र आवश्यक पहल गरिने तथा सराङकोट जाने बाटो नगरपालिकाले मर्मत नगरेमा हामीनै यसको मर्मत संभार गरौंला भनी जवाफ दिनु भएको । तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
९ माघ २०७५, बुधवार
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल