+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-ELRYPP
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण नवलपुर जिल्लाको प्राकृतिक हस्पिटल नजिकै १४ नं एरिया बनबाटिका टोल र सो आसपासमा अहिलेसम्म सिंचाईको सुविधा नभएको हुँदा हामीले कृषि तालिम प्राप्त गरे पनि त्यसको उचित रुपमा प्रयोग गर्न पाएका छैनौं। साथै उक्त क्षेत्रमा टेलिफोन लाईन समेत विस्तार नभएको हुँदा फोन तथा इन्टरनेट जस्ता सुविधाबाट पनि हामीहरु बञ्चित छौं। सो क्षेत्रमा उक्तानुसारको पूर्वाधार निर्माण छिट्टै होस्।
कार्यहरू
सम्बन्धित निकायबाट जवाफ प्राप्त भएकोले फर्छ्यौट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा आगमी वर्षकाे कार्यक्रममा प्राथमिकतामा राखिने व्यहाेरा जानकरीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
(हेलो मुख्यमन्त्री कक्षमा सिधै मुख्यमन्त्रीज्यू समक्ष पेश भएको) माननीय मुख्यमन्त्रीज्यूबाट सिंचाईको लागि त्यस क्षेत्रमा कार्यालय नभएको हुँदा कार्यालयको माग संघीय सरकारसँग गरिएको छ र अहिलेको बजेटमा त्यसक्षेत्रमा सिंचाईको बजेट व्यवस्थापन गर्न नसकिएको हुँदा आगामी बर्षको बजेटमा विनियोजन गरिनेछ। साथै टेलिफोन लाईन विस्तारको लागि सम्बन्धित निकायमा पहल गरिने भनी जवाफ दिनु भएको । तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल