+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-GCRSYP
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Dr. R.P Thapa, Pokhara 10
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार नीतिगत सुधार विषयक सुझाव
गुनासो/उजुरीको संक्षिप्त विवरण मन्त्रालयको काम भनेको नीति, निर्देशिकाहरु जारि गर्ने, कार्यबिधिहरु मार्फत अफ्टेराहरु, बाधाहरु, गाँठाहरु फुकाई कार्यन्वयन प्रकृयालाइ सरलकृत गर्ने, सहज पार्ने, अनुगमन गर्ने नियन्त्रण गर्ने हुनुपर्ने हो | त्यहि मर्म अनुसार धेरै कामहरु अगाडी बढेका पनि छन् | सफलता नै मान्नुपर्छ सबै कार्यालयहरु स्थापना भएर स्वीकृत वार्षिक कार्यक्रम अनुसारका योजनाहरुको कार्यन्वयन प्रक्रिया अगाडी बढेका पनि छन् | यस प्रदेशको महत्वपूर्ण मन्त्रालयको रुपमा स्थापित भौतिक पूर्वाधार मन्त्रालयल बिकासको मूल फुटाइ सम्वृद्धितिरको गति दिने प्रदेशको बिकासको मेरुदण्ड नै हो | अन्य मन्त्रालयको तुलनामा यस मन्त्रालयको गति जनमानसमा प्रसंशा योग्य नै छ | तथापी केहि कुराहरुमा अन्यौलमा रहे जस्तो देखिन्छ | वार्षिक बिकास कार्यक्रममा समाबेश भएका केहि कार्यक्रमहरु र सो अन्तर्गत बिनियोजन भएको बजेट एकमुस्ट मन्त्रालय अन्तर्गत रहेको बुझिन आयो ( मन्त्रालय अन्तरगतका कार्यालयहरुमा बुझ्दा) | पहिलाको केन्द्रिकृत व्यवस्थाको केन्द्रिकृत मानसिकताले केन्द्रमै सबै अधिकार राखेर केन्द्र धाउनु पर्ने बातावरणलाइ चिर्नको लागि नै संघियतामा जानु परेको हो | अब फेरी प्रदेश मन्त्रालयले त्यहि कुरा दोहोर्याउनु हुदैन | कार्यक्रमहरु कार्यन्वयनमा जान केहि समय त लाग्छ नै | सबैले बुझ्नुपनि पर्छ | बिकासको नि आफ्नै गति हुन्छ | बिकासको गतिमा सुल्टो दिशामा अग्रसर हुनै पर्छ | अगाडी बढ्नु नै पर्छ | मन्त्रालयको भूमिका अनुसार मन्त्रालय चल्नु पर्छ | मन्त्रालय अन्तर्गतका कार्यालयहरु लाइ मन्त्रालयले विश्वास गर्नै पर्छ | केहि आकस्मिक बजेट, क्षमता अभिवृद्धि गर्ने र अनुसन्धान मुलक गर्ने कार्य बाहेकका सर्भे गर्ने, मर्मत गर्ने, निर्माण कार्य गर्ने आदि कार्यहरुको कार्यन्वयन प्रक्रिया मन्त्रालयबाट गर्न खोज्नु हुदैन | एकमुस्ट रहेको बजेट समयमै बांडफांड गरि अन्तर्गतका कार्यालयहरुलाई कार्यान्वयनको लागि पठाई दिऔं | सुल्टो बाटो हुदा हुदै उल्टो बाटो यो या त्यो बहानामा हिड्न खोज्नु हुदैन | मन्त्रालयले कार्यन्वयन गर्दा त्यसको नियन्त्रण गर्ने कसले ? मन्त्रालयको कमि कमजोरी मन्त्रालय अन्तर्गतका कार्यालयहरुले औल्याउने बाताबरणको सिर्जना गर्नु हुदैन | सिमित व्यक्तिको निहित स्वार्थको लागि मन्त्रालयले बजेट होल्ड गरेर राख्ने अनि अन्तिम समयमा बांडफांड गर्ने परिपाटीको अन्त्य गर्नु नै आजको आवस्यकता हो | सबैले आ आफ्नो भूमिका प्रति जिम्बेवार भै लागौ | आफ्नो आफ्नो कार्यक्षेत्र अनुसार कार्यालको प्रकृति अनुसारका कार्यहरु गर्दै जाऔ | कार्यन्वयन गर्ने निकायले कार्यन्वयन गरौ | अनुगमन नियन्त्रण गर्ने निकायले सोहि अनुसार गरौ | नीति बनाउनेले नीति बनाऊ | सिस्टम बसालौ | सिस्टममा चलौ |
कार्यहरू
भौतिक पूर्वाधार विकास मन्त्रालयको जवाफ संगै यस गुनासो हालका लागि closed गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
डा.आर. पी. थापा ज्यूमा यहांकाे सुझावकाे लागी धन्यवाद । यस सम्वन्धमा यहांले दिनुभएकाे राय र सुझाव प्रसंसनिय छ । मन्त्रालयमा रहेकाे एकमुष्ट सम्पूर्ण वजेटहरु कार्यान्वयन का लागी सम्वन्धित कार्यालयमा पठाइ सकिएकाे छ । साथै याे वर्ष पहिलाे वर्ष भएकाे कारण केही कार्यक्रम मा एकमुष्ट वजेट राखीएता पनि आगामी वर्ष बाट यस्ता कार्यहरुमा सुधार गरिने व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भौतिक पू्र्वाधार विकास मन्त्रालयमा पठाउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल