+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-UO8H9S
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara - Nepal
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार भ्रष्टाचार नियन्त्रण विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण ( पोखराले कुनै पनि बेला ठूलो क्षति व्यहोर्नुपर्ने जोखिम ) - पोखराको बीच भागबाट बग्ने सेती नदीको रामघाटमा जथाभावी बालुवा, गिटी निकाल्दा वरपरको क्षेत्र बर्सेनि भासिँदै छ । उक्त क्षेत्र कमजोर भएकाले नदीजन्य वस्तु उत्खनन् गर्न नहुने भए पनि स्थानीय तहले ठेक्का लगाएरै उत्खनन् गर्न दिएर वरपरको बस्तीलाई समेत जोखिम निम्त्याउँदै छन् । सेती नदीको रामघाटमा बालुवा गिटी निकाल्न महानगरले देवचुली कन्सट्रक्सनलाई यो वर्ष ६ करोड ३० लाख रुपैयाामा ठेक्का दिएको छ । ठेक्का सम्झौतामा दुबै तर्फको डिलबाट २० मिटर छोडेर एक मिटर गहिराई सम्म उत्खनन् गर्न पाइने सर्त छ । तर ठेकेदार कम्पनीले महानगरसँगको सम्झौताविपरीत पनि उत्खनन् गरिरहेको छ । यो वर्ष मात्र होइन, पछिल्ला २० वर्षयता सेतीको रामघाट क्षेत्रमा बालुवा गिटी निकाल्ने क्रम अनियन्त्रित बनेको छ । जसको कारण यस क्षेत्रमा सेती नदी २० मिटरभन्दा बढी गहिरीन पुगेको छ भने वरपरको भाग भासिादै गएको छ । पहिले जिल्ला विकास समितिले दिने ठेक्का यस वर्षदेखि पोखरा महानगरले दिन थालेको हो । तर ठेक्का सम्झौताअनुसार सर्त पालना भए नभएकोबारे प्रभावकारी अनुगमन कसैले गरेको छैन । पोखराको भूबनोट करिब १५ हजार वर्षअघि अन्नपूर्ण हिमालय क्षेत्रबाट आएको बाढीले ल्याएको ग्राभेलबाट बनेको भूगर्भ विद्हरु बताउाछन । सेती वरपरको संरचनाचाहिा ११ सय वर्षअघि आएको बाढीले बनेको र यो पनि निकै कमजोर रहेको जर्मन र नेपाली भूगर्भविद्ले गरेको अध्ययनले देखाएको छ । गहिरिादै गएको सेतीको संरक्षण गर्नुको साटो उल्टै जथाभावी बालुवा गिटी उत्खनन् गर्दा गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखराले कुनै पनि बेला ठूलो क्षति बेहोर्नुपर्ने विज्ञको चेतावनी छ ।
कार्यहरू
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट लेखी आएकाेले फछर्याैट गरिएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
वाेधार्थ पत्र जानकारी हुन आएकाे भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
Refer to Ministry of Physical Infrastructure Development & Pokhara Metropolitan city for necessary action. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल