ट्र्याक नम्बर : 04-2020-KV5ADD
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: म एक साधारण किसान हो । मैले पोखरा-१६ मा ३२०० सन्ख्या मा बोइलर कुखुरा राखेको छु । हामी किसान को लागी कुखुरामा राम्रो ब्यपार हुने महिना भनेर यही चैत बैशाख मानिन्छ । यसै लाई आधार मानेर मैले ठुलो समुहमा कुखुरा राखे । तर आज को यस परिस्थितिमा , न मैले दाना राम्रो सँग खुवाउन पाएको छु, न ल्याब तथा भेटेनारी सुबिधा सहित राम्रो सग उपचार गर्न पाएको छु, न त भएको कुखुरा बिक्री गर्न पाएको छु, न त बिक्री गर्न उचित मुल्य नै पाएको छु । त्यसैले म जस्तै अरु किसान को पनि पक्कै यही अवस्था छ । सङ्हिय सरकार अन्तर्गत मेरो प्रदेश को सरकार को कार्यकारी प्रमुख हजुर नै हुनुहुन्छ । हामी किसान यो पाली यती नराम्रो सग डुब्दै छौ कि सायद आर्को ब्याच समुह राख्न न टाढा कै कुरा हो, परिवार लाई पाल्न पनि आर्थीक अभाब हुने पक्का भएको छ ।मैले अब कुनै पनि उपाय नदेखेर हजुर समक्ष्य गुहार माग्दै छु । हामी किसान लाई बिन्ती छ निरुत्साहित नबनाइदिनु होला । कृपया यस नाजुक अवस्थालाई मध्य नजर गर्दै उचित राहत को ब्यबस्था मिलाईदिनु हुनेछ भन्ने आश गरेको छु ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
आवश्यक कार्यार्थ सम्बन्धित निकायमा पठाएको। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
कृषकलाई सहज हुने गरी कार्यक्रम सञ्चालन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई लेखिपठाएको। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
भूमि व्यबस्था ,कृषि तथा सहकारी मन्त्रालयमा पठाउने । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |