+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2019-QAI1EN
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार भ्रष्टाचार नियन्त्रण विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण वातावरण बिपरित काम हुंदा पनि किन माैन सरकार (Gandaki State Government and Central Government) र महानगरपालिका (Pokhara Metropolitan City) ?? Yo tala diyeko link kholera news hernu hola ra xito vanda xito karbahi hos. https://nepaldut.com/2019/05/16/22216/ ( पोखराले स्वदेशी र विदेशीलाई लोभ्याउने मुख्य आकर्षण हो, फेवाताल । फेवाताल संरक्षणका लागि गत वर्ष सर्वाेच्चले गरेको ऐतिहासिक फैसला अहिलेसम्म अलपत्र छ । जुन खोलाको पानीबाट ताल बनेको हो, त्यसैले त फेवा पुरिरहेको छ नै अरु खालका प्राकृतिक र मानवीय अतिक्रमणले पनि फेवालाई संकटमा पारिरहेका छन् । फेवातालको पानी अञ्जुलिमा उबाएर खान्थ्यौं भन्नेहरु अझै जिउँदै छन् । तर, केही महिनाअघि फेवातालको पानीमा दिशामा पाइने कोलिफर्म भेटिएको र नुहाउनसमेत अयोग्य भएको सार्वजनिक भएको थियो । फेवातालको छेउछाउका डेमसाइड, लेकसाइड पोखराका मुख्य पर्यटकीय क्षेत्र हुन् । यहाँका आधा जति घरमा इनार र बोरिङमध्ये एक खनिएका छन् । पोखरा ६ फेवामार्गकी राधा कार्कीको घरमा २०७४ चैत अन्तिम साता इनार खनियो । राधा अमेरिका बस्ने भएकाले घरको रेखदेख गर्ने राधाकी आफन्त शान्ति कुँवरले इनार खनाइकी थिइन् । फेवातालबाट मुस्किलले १० मिटरमा इनार खनिएपछि शान्तिका छिमेकी अनिल थापाले खन्दाखन्दै वडा कार्यालय र महानगरलाई जानकारी गराए । जानकारी पाएर महानगरका प्रतिनिधि र नगर प्रहरी त्यहाँ पुगे । तत्कालका लागि इनार खन्न रोकियो । शान्ति कुँवरलाई महानगर बोलाइयो । शान्तिले महानगरलाई शौचालय बनाउन लागेको भनी ढाँटिन् । केही दिन काम रोकियो । कार्यालय समय छलेर बिहान र बेलुकी इनार खनियो । अनिल भन्छन्, उजुरी गर्दा गर्दै पनि महानगरकै कर्मचारीले हेलचेक्रयाइ गर्दा गरे । इनार खनियो । हाम्रो घर जोखिममा प¥यो । आर्थिक प्रलोभनमा परेर महानगरले कारवाही नगरेको हुनुपर्छ । पोखरा ६ का वडाध्यक्ष जगत पहारी । २०७५ वैशाख ९ गते महानगरमा अनिलकी आमा शान्ति थापाले इनार रोक्न माग गर्दैै निवदेन दर्ता गराइन् । मेयर मानबहादुर जिसीले तत्काल काम रोक्न र यथार्थ बुझ्न निर्देशन दिए । १३ गते वडा नं. ६ का वडाध्यक्ष जगत पहारीले दुवै पक्षलाई बोलाए । भेलाले समस्या समाधान गर्न सकेन । पीडित पक्षले १६ गते फेरि महानगरमा अर्काे निवेदन दिए । महानगरले त्यसपछि भूगर्भ विभागबाट भूगर्भविद् झिकाएर अनुसन्धान गर्न लगायो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् लोकन्द्र पाण्डेले पोखरा आएर अनुसन्धान गरे । पाण्डेले कात्तिकमा महानगरलाई प्रतिवेदन पेश गरे । लेकसाइड क्षेत्रमा पानीका लागिमात्र होइन, शौचालयको सेफ्टी ट्यांकी र सोक्फिटका लागि पनि इनार खन्ने गरिएको छ । महानगर भने आफैले निर्देशन दिएर तयार गराएको प्रतिवेदनलाई वेवास्ता गर्दै संकट निम्त्याइरहेको छ । भूगर्भविद् पाण्डेको प्रतिवेदनमा फेवाताल छेउको लेकसाइडमा इनार, बोरिङ खन्न नहुने निष्कर्ष निकालिएको छ । उनले एउटा इनार फेवाताल छेउमा खन्दा तत्काल केही दुर्घटना नदेखिए पनि यस्तै इनार धेरै बने भविष्यमा संकट आउने उल्लेख गरेका छन् । प्रतिवेदनमा फेवातालको यति नजिकै बनेको यस्तो इनारले पानीको सतह घट्न सक्ने र फेवाकै आयु घट्ने औल्याएको छ । प्रतिवेदनमा उल्लेख छ ः यस कारणले स्थानीय सरकारले फेवातालको संरक्षण र प्रवद्र्धनको जिम्मेवारी लिनुपर्छ र इनारको विषयमा कडा मार्गदर्शन निर्माण गरी इनारहरुको अनुगमन गर्नुपर्छ । यो राष्ट्रिय चासोको विषय हो । प्रतिवेदन बुझेपछि पनि महानगरले कुनै कारवाही नगरेपछि पीडितहरु न्यायिक समिति पुगे । पोखराकी उपमेयर मञ्जुदेवी गुरुङले यो समितिको क्षेत्रात्रिकारमा नपर्ने भएकाले कानुन शाखामा जान सुझाइन् । महानगरका वरिष्ठ कानुनी अधिकृत नारायणप्रसाद शर्माले पाण्डेको प्रतिवेदनसहित २०७५ पुस २२ गते वडा नं. ६ लाई समस्याको समाधान पहिल्याउन पत्राचार गरे । महानगरले ६३६६ चलानी नम्बरको पत्र वडालाई पठाएको भए पनि वडाध्यक्ष पहारी महानगरबाट कुनै पत्र नआएको दाबी गर्छन् । यो समस्या वडा कार्यालयले समाधान गर्न नसक्ने भएकाले महानगरले नै समाधान गर्नुपर्ने उनी बताउँछन् । पहारी भन्छन्, लेकसाइडका आधा जति घर र होटलमा बोरिङ र इनार छन् । अवैध संरचनालाई अनुमति दिने कुरै भएन । थप बोरिङ र इनार खन्न दिन्नौं । फेवाताललाई जोगाउन महानगर कानुन अनुसार अघि बढ्छ । मेयर मानबहादुर जिसी ताललाई माया गर्ने हो भने इनारलाई माया मार्नुपर्ने बताउँछन् । लेकसाइड क्षेत्रका इनार र बोरिङको तथ्यांक संकलन गर्न वडालाई निर्देशन दिएको बताउँदै जिसी आवश्यक परे भएका इनार पुरिने बताउँछन् । उनले भने, थप बोरिङ र इनार खन्न दिन्नौं । फेवाताललाई जोगाउन महानगर कानुन अनुसार अघि बढ्छ । पीडित पक्ष अझै न्यायको अपेक्षामा छन् । अनिल भन्छन्, वर्षाै बित्दा पनि महानगरले केही कारवाही गर्न सकेन । खै देश कसले चलाउँछ ? अहिले पनि लेकसाइड क्षेत्रमा डिप बोरिङ गर्ने र इनार खन्ने क्रम जारी छ । लेकसाइड क्षेत्रमा पानीका लागिमात्र होइन, शौचालयको सेफ्टी ट्यांकी र सोक्फिटका लागि पनि इनार खन्ने गरिएको छ । महानगर भने आफैले निर्देशन दिएर तयार गराएको प्रतिवेदनलाई वेवास्ता गर्दै संकट निम्त्याइरहेको छ ।)
कार्यहरू
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
आवस्यक कारवाहीको लागि उधोग , पर्यटन बन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकामा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल