+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2019-SKRUDF
मिति
स्थिति समाधान भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण म एक प्राइभेट बोर्डिङ स्कूलको शिक्षक हुँ बाध्यताले पढाउनु परेको छ । मैले पढाउने विधालय लगायत सबै निजी बोर्डिङ स्कूलमा कार्यरत शिक्षक शिक्षिका एवं कर्मचारीहरुलाई ज्यादै न्यून पारिश्रमिकमा काम लगाईएकाे छ । अझै त्यसमा पनि कोष खडा गर्ने नाउँमा तलब कटाएर थाेरै मात्रामा हातमा दिइन्छ केही गुनासो राख्दा जागिरबाट निकालीदिने गरेका छन् । निजी बोर्डिङ स्कूलमा धेरै खालका समस्या छन् ज्यादती छ श्रमशोषण छ पीरमर्का परेको छ । सम्बन्धित निकायबाट तुरुन्त पहल गरी समाधान गराई न्याय पाउँ ।
कार्यहरू
माध्यमिक तहसम्मका सामुदायिक तथा संस्थागत विद्यालयको कार्यक्षेत्र स्थानिय तहको रहेको छ । नियमानुसार नियुक्तिपत्र दिई राज्यले तोकेको सेवा सुबिधा उपलब्ध गराउन स्थानिय तहहरुलाई अनुरोध गरी पठाईएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल