+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-MNEJ7Y
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण गण्डकी प्रदेश सरकारबाट स्थानीय तहमा कार्यरत कर्मचारीहरुको स्तरवृद्वि प्रक्रियालाइ व्यवस्थित गर्ने कार्यका लागि एैन तर्जुमा गरिएको व्यहोरा अवगत नै छ । उक्त एैनले साविकको स्थानीय निकायको छै‌ठाै‌ तहमा सुरु नियुक्ति भइ समायोजन एैनले सोही तहमा समायोजन भएका कर्मचारीको हकमा कार्यपालिकाले निर्णय गरी सातौ‌ तहमा स्तरवृद्वि गर्ने निर्णय गर्न सक्ने प्रावधान राखिएकोमा अधिका‌‌श स्थानिय तहहरुले उक्त प्रावधानको अपव्याख्या गरी स्तरवृद्वि गरेका छन । यस खालको निर्णयले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको विचमा द्वन्दको वातावरण मात्र सिर्जना नभइ उक्त प्रावधानको अक्षरश पालना गर्ने पालिकाहरुलाइ समेत समस्याको सिर्जना भएको छ । यसकै उदाहरणको रुपमा गोरखा जिल्ला वारपाक सुलीकोट गाउँपालिकामा कार्यरत इश्वरी प्रसाद पनेरु हुन । साविकको जिल्ला विकास समितिमा पाँचौ तहबाट आफ्नो जागिर शुरु गरेका निजलाइ हाल उक्त पालिकाले सातौ तहमा स्तरवृद्वि गरेको छ । यसकारण उक्त पालिका सहित अन्य पालिकाहरुलाइ समेत एैनको प्रावधानका सम्वन्धमा स्पष्ट निर्देशन सहित उक्त स्तरवृद्वि प्रक्रियाको पुनरावलोकनका लागि आवश्यक समन्वयका लागि अनुरोध गर्दछु ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल