तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 07-2019-83M1JN | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| निवेदकको नाम र ठेगाना | Mahendra, Nayabazar, Pokhara | 
| गुनासो स्रोत | वेब एप | 
| गुनासोको प्रकार | प्रशासनिक समस्या र सेवा प्रवाह विषयक | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सवारी साधनकाे नवीकरण गर्दा यातायात विभागले बडाे अचम्मकाे नियम बनाएकाे छ । सवारी नवीकरण गर्दा म्याद सकिएकाे मितिदेखि ३ महिना जरिमाना नलाग्ने सामान्य नियम छ । तर यदि कसैकाे सवारी नवीकरण गर्ने मिति बैशाख, जेठ र असारमा परेकाे छ भने उस्ले चैत अगाडि नै नवीकरण गर्नुपर्ने नियम विभागले बनाएकाे छ । त्यस्ता सवारी धनिले थप तीन महिनाकाे छुट समयावधि त पाउँदैनन् उल्टै कायम रहेकाे मितिमा नवीकरण गर्दा पनि जरिमाना तिर्नुपर्छ । यस्ताे किन ? | 
| कार्यहरू | 
                                         गुनासाेकाे लागि धन्ययबाद ।यस विषयमा भौतिक पूर्वाधार विकास मन्त्रालय बाट लेखी आएकाे ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 
                                            यस सम्वन्धमा  यातायात व्यवस्था कार्यालय सवारी कास्की लाइ  जानकारी माग  गरिएकाेमा च. नं. १५५९ मिति ०७६।३।३१ काे प्राप्त पत्रानुसार  साे सम्वन्धमा यस कार्यालयबाट दिइने सेवा मध्ये   सवारी दर्ता नविकरण सम्वन्धी  सेवा  प्रदान गर्दा सवारी तथा यातायात व्यवस्था   एैन २०४९ काे दफा  ३१काे उपदफा (१) वमाेजिम  प्रमाण पत्र मा लेखिएकाे म्याद नाधेकाे तीन मिहना भित्र दर्ता प्रमाणपत्र नविकरण गर्न कुनै सेवा ग्राही  आएमा यस कार्यालयबाट जरिवाना वापत कुनै रकम बैंक  दाखिला गर्नुपर्ने व्यवस्था नभएकाे र उपदफा (१ ) वमाेजिमकाे  म्याद  अर्थात दर्ता प्रमाणपत्रमा लेखिएकाे  म्याद नाधेकाे   तीन मिहना पश्चात सेवाग्राही   सेवा लिन अाएमा उपदफा  (४) अनुसार काे जरिवाना दाखिला गर्न लगाइ सेवा प्रदान गर्ने व्यवस्था   मिलाइएकाे व्यहाेरा अनुराेध छ भनि लेखी आएकाे  व्यहाेरा जानकारीकाे लागी अनुराेध छ ।
                                                    
                                                        
                                                                                                        भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 
                                            यस सम्वन्धमा के कसाे हाे भनि यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा  ०७६।३।२९ च.नं. सिएम ११८  बाट जानकारी माग गिरएकाे व्यहाेरा अनुराेध छ ।
                                                    
                                                        
                                                                                                        भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 
                                            तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएकाे छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 
                                            भाैतिक पूर्वाधार विकास मन्त्रालय पठाउने ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 
                                             |