+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-AMQYRP
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना Subin Shrestha, Ghiring-5, Tanahun
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार, आज म एक कुशल नेपाली युवाको हैसियतले, भौतिक पूर्वाधार विकास अन्तर्गत तनहूँ जिल्ला भिमाद देखि मानपुर सडकखण्डको लामो समय देखि बेतित जीर्ण अवस्थाप्रति स्थानीय सरकार र प्रदेश सरकारको ध्यान नगएको विषयलाई लिएर गुनासो पेश गर्दै छु । ८०% अंश भिमाद नगरपालिकामा पर्ने यस सडकखण्ड, घिरिंङ गाउपालिका, रिसिंङ गाउपालिका जाने मुल बाटो हो, जसको कुनै अर्को वैकल्पिक बाटो छैन । दैनिक रुपमा १०० वटा भन्दा माथी सवारीसाधन आवातजावत गर्ने यस सडकखण्ड हुदै डेदगाउ नवलपुर, चापाकोट स्याङ्जा, रामपुर पाल्पासम्म पुग्न सकिन्छ । आफ्नो पालिकाबाट नजिकको छिमेकी पालिका भिमादसम्म पुग्न र आवतजावत गर्न पनि वर्षौ देखि बेतित जीर्ण अवस्थाको कारण ती दुई गाउपालिकाका सर्वसाधारणहरु ज्यान धरापमा राखेर हिड्न पर्ने अवस्था छ । बेलाबेलामा दुर्घटनाको कारणले ज्यान गुमाएका समाचार पनि हामी सबैलाई अवगत नै छ । सोहि ठाउमा हुर्केर सोहि निर्वाचन क्षेत्रबाट चिप्ला भाषण गरि प्रदेश संसद सहित कुनै एक मन्त्रालयको मन्त्री भइसक्दा पनि सोहि ठाउको बेतित समस्यामा प्रतिनिधिहरुको आवश्यक ध्यान नपुगेको देख्दा साह्रै दुख लाग्छ । साथै केहि स्थानीय जनप्रतिनिधिहरु दिनको २ पटक सोहि बाटो हिड्नपर्दा खेरि पनि त्यस बाटोप्रति गर्नसक्ने पहल गरेको देखिदैन । सो ठाउको विकासको आशा सहित सबै जनताले चुनेर पठाएका ति संघिय, प्रदेश र स्थानीय प्रतिनिधिहरुको कार्यशैली र त्यति धेरै जनजीवन जोड्ने (विकासको आधारभूत र अत्यावश्यक पूर्वाधार) सो सडकखण्डको अवस्था त्यतिसम्म जिर्ण हुदासम्म आवश्यक कदम नदेख्दा, जनताको सास्ती नदेख्दा उहाहरुप्रति अचम्म लाग्छ, त्यो भन्दा बढी दुख लाग्छ । त्यसकारण आज यहि विषयलाई लिएर वर्खाको समय छ, छिटो भन्दा छिटो यो गुनासो सुनेर द्रुत प्रतिक्रियाद्वारा सडकको मर्मत, स्तरोन्नति र भविष्यमा नालीकटान सहितको कालोपत्रे सडकको अपेक्षा सहित सबै स्थानीयहरुको प्रतिनिधित्व गरि यो गुनासो मुख्यमन्त्रि समक्ष केहि स्थलगत तस्बिरहरु सहित पेश गरको छु । आशा छ, यस विषयप्रति सम्बन्धित निकायले पनि छिटो प्रतिक्रिया गर्नुहुनेछ ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल