+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-2LBPUN
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार सामाजिक विषयवस्तुसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण नवलपुर जिल्लामा रहेको कावासोती नगरपालिकाका स्थानीयले कुङखोला खानेपानी उपभोक्ता समिति गठन गरी कुङखोलाको पानीको मुहान प्रयोग नगरी हामीहरुको हुप्सेकोट गाउँपालिकामा रहेको कुईखोलाको मुहान प्रयोग गरी पानी लैजानका लागि टंकी लगायतका भौतिक संरचना गरिरहेका छन्। हामीहरुको ठाउँमा रहेको स्रोतमा हामीलाई नै जानकारी नदिई के आधारमा पानी प्रयोगको लागि योजना आयो? के यो सत्ता र शक्तिको दुरुपयोग भएन र ? एक ठाउँको नाउँमा समिति दर्ता गर्ने र अर्को ठाउँमा आई निर्माण गर्न लागेका छन् । सोही सम्बन्धमा नवलपुर जिल्ला अदालतमा समेत मुद्दा दायर भई फैसला हुँदा दावी पुगेनी भनी भनेको अवस्था छ। तसर्थ यस विषयमा मुख्यमन्त्रीज्यूले स्थलगत अध्ययन टोली खटाई बहस चलाई विवाद टुङ्ग्याउनु पर्‍यो।
कार्यहरू
विस्तृत विवरण सहित सम्पर्क गर्नु हुन अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस योजना कुन निकायबाट सञ्चालित छ । विस्तृत विवरण सहित उपलब्ध भएमा प्रदेशबाट पहल गर्न सकिनेछ । त्यसकारण यस योजनाबारे सम्पूर्ण विवरण उपलब्ध गराउनुहुन अनुरोध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल