+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-KCNYNX
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार कृषि तथा सहकारी सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण मैले मध्यनगर र सुन्दरबजार नगरपालिका लमजुङमा HIRKUS AGRO FARM PVT. LTD. सञ्चालन गरी ५००० थान कागतीको विरुवा लगाएको छु। हाल उक्त बालीमा रोग लागेको र सो विषयमा जिल्ला स्थित कृषि कार्यालयका प्राविधिकलाई जाँच गराउँदा पटक पटक फरक फरक औषधी प्रयोग गर्न लगाएका तर हालसम्म पनि समाधान हुन नसकेको हुँदा तहाँबाट विज्ञ प्राविधिक टोली खटाई आवश्यक अनुसन्धानको लागि पठाई उपचार गरिदिनु हुन निवेदन गर्दछु।
कार्यहरू
अध्ययन टोलीले देखेका समस्याहरुः १. फेद तथा जरा कुद कुहिने रोग २. क्याङ्कर वा खटिरा रोग ३. पात खनुवा किरा ४. कागतीको पुतली सावधानीहरुः - बोर्डो मिश्रण र बोर्डो पेष्ट तयार भएपछि टेष्ट गरेर मात्र प्रयोग गर्ने। - बोर्डो मिश्रण र बोर्डो पेष्ट तयार गरेको २० घण्टाभित्र प्रयोग गरिसक्ने। - बोर्डो मिश्रण फुल खेलेको, दाना लाग्ने बेलामा र पालुवा लाग्दा नछर्ने। - निलो तुथो र चुन गुणस्तरीय हुनुपर्ने। - वर्षायाममा जरामा चोटपटक लाग्न नदिने। दैहिक बिषादी छरेको अवस्थामा त्यही समयमा पुनः अर्को किटनाशक विषादी छर्न आवश्यक नभएको। अन्य थप सुझावहरुः - बगैचा वरिपरि संकास्पद रोग भएका पुराना सुन्तलाका बोटहरु देखिएकोले यिनीहरुलाई तुरुन्तै हटाउनु पर्ने। - बगैचा दक्षिण मोहडा अवस्थित रहेकोले रोग किराको बढी प्रकोप हुनसक्ने हुँदा समयमै ध्यान पुर्‍याएर बगैचाको व्यवस्थापन गर्दै जानु पर्ने। - समय समयमा माटो परिक्षण गरी सोही अनुसार व्यवस्थापन गर्नुपर्ने। - प्राङ्गारिक खेती प्रविधिमा जोड दिनु पर्ने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको च न‌ं १७६ को पत्रबाट समाधान सहितको प्रतिवेदन प्राप्त भएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल