+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-YKPTX2
मिति
स्थिति समाधान नहुने
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण पर्यटन कार्यालय कास्कीले पर्यटक सवारी लागि हरियो प्लेट कायम गर्ने बेलामा एस.एल.सी. पास सवारी चालक नभए हरियो प्लेट कायम गर्न मान्देन पोखरामा एस.एल.सी. पास गरेका सवारी चालक पाउन निकै मुस्किल छ कहाँ बाट एस.एल.सी. पास गरेका सवारी चालक ल्याउने यसको समाधान गरिदिनुहोला ।यसै सम्बन्धमा पैसा घुस दियो भने फेरी एस.एल.सी. पास नगरेका चालक भए पनि हरियो प्लेट कायम गर्न सकिन्छ । ५ बर्ष भन्दा पुराना सवारीमा हरीयो प्लेट राख्न पाईदैन तर घुस दिएकै आधारमा १५ बर्ष पुराना सवारीमा पनि हरियो प्लेट कायम गर्ने काम यातायात कार्यालयले गरेको छ यो सम्बन्धमा आवश्यक कारवाहिका लागि अनुरोधछ।
कार्यहरू
मिति २०७५।०५।१३ मा यातायात व्यवस्था कार्यालय गण्डकी सवारी लाइ यस विषयमा के कसाे भएकाे हाे यथार्थ जानकारी माग गरिएकाेमा यातायात व्यवस्था कार्यालय सवारी गण्डकीकाे प‍‌ .स‍. ०७५।७६ च.न. १४९ मिति २०७५।०५।२० काे पत्रवाट जानाकारी भए अनुसार साे सम्वन्धमा पर्यटक सवारी चालककाे याेग्यताकाे विषय पर्यटन कार्यालय सग सम्वन्धित भएकाे र यस कार्यालयले पर्यटन यातायात सेवा व्यवासाय दर्ता तथा सञ्चालन कार्यविधि २०६८ वमाेजिम पर्यटन कार्यालयकाे सिफारिसमा पर्यटक सवारी दर्ता गरिएकाे साथै अनियमित तरिकाले पर्यटक सवारी दर्ता नभएकाे र अागामी दिनहरुमा पनि कुनै कमी कमजाेरीहरु हुन नदिन कार्यालय सदैव प्रतिवद्धत रहेकाे व्यहाेरा उल्लेख गरी जानकारी प्राप्त भएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यातायात व्यवस्था कार्यालय सवारी गण्डकी पाेखरालाई च‍. न‌ं. cm ३ मिति २०७५।५।१३ मा पत्र मार्फत जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा गुनासाे प्राप्त भइ प्रत्रियामा लगिएकाे छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल