+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-ZYPUS9
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत इमेल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार, म UAE Abudhabi मा छु, न घर छ न गरि खाने जमिन, छ 2 छोरी छन् उनीहरुको भविस्य के हुने हो थाहा छैन, कसरी पढाउने हो, सारै गाह्रो छ मेरो अवस्था नाजुक छ। कसैको सहारा पनि छैन, कृपया सहयोग गरिदिनुहोस्। यहाँ खान मात्रै पुगेको छ, म नेपाल मै बस्न चाहन्छु, तर कसरी केही बुझ्न सकेको छैन, CM ज्यु को सहयोग पाउँला भनी ठुलो आशा गरेको छु दुख का धेरै कुरा छन्, यहाँ लेख्न सक्दिन ।
कार्यहरू
सामाजिक विकास मन्त्रालयबाट सम्बन्धितलाइ जानकारी गराइएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
नेपालमै बसेर केहि गर्ने चाहाना राख्नु भएकोमा धन्यवाद ! गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले यस प्रदेशका वेरोजगार युवा युवतिहरुलाइ लक्षित गरी बिभिन्न किसिमका तालिमहरुको लागि आावेदन माग गरेको छ । मोबाइलको Play Store गएर Swarojgar Gandaki Pradesh App. डाउनलोडगरी आफुलाइ आवश्यक तालिमको लागि आवेदन दिन सक्नुहुन्छ । तालिमले तपाईलाइ स्वदेशमै बसेर सिपमूलक ब्यवसाय संचालन गर्न सहयोग गर्नेछ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
श्री भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय श्री सामाजिक विकास मन्त्रालय उक्त गुनासो सम्बोधन गर्न के कस्ता तालिम र स्वरोजगारी हुने कार्यहरु गर्न सकिन्छ? यस्ता प्रकृतिका बिषयमा नीति कार्यक्रम के छ? लेखी पठाउनु हुन अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल