+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-AV6MZA
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पर्यटन प्रवर्द्धन र विकास सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण लेकसाइड क्षेत्रमा दिनको समयमा व्यापार छैन । रातमा पर्यटकहरु बढी मात्रामा आउने र व्यापार हुने गर्दछ । त्यसैले रातकाो १२ बजेसम्म पसल खोल्ने व्यवस्था भए व्यवसायीहरुलाई राहत मिल्ने थियो कि ?
कार्यहरू
सम्बन्धित निकायबाट जवाफ प्राप्त भइसकेको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस बिषयमा मिति २०७५/५/७ मा "पोखराको लेकसाइडमा रातीको ११ बजेदेखि ४ विहानसम्म व्यापार व्यवसाय खुलाउन सकिन्छ कि ?" भन्ने यस्तै प्रकारको गुनासाे अाएकाेमा मिति २०७५/५/१२ को जिल्ला प्रशासन कार्यालय कास्कीबाट यस बिषयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्राप्त जवाफमा हाल ११ बजे सम्म सञ्चालन गर्ने व्यवस्था भएकाेमा विगत लामो समय देखि उल्लेखित क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा आवश्यक पर्ने आधारभूत पूवाधारको तयारी भए पछि सम्बन्धित सबैको प्रतिद्धता र सहमतिमा सञ्चालनको व्यवस्था गरिने गरी सम्बन्घित सराेकारवालालाई पूर्वाधारका लागि अनुराेध गरिएकाे र त्यस क्षेत्रमा व्यवसायीहरुले आन्तरिक सुरक्षा व्यवस्था सहित यस जि. प्र.का. मा आवेदन गरे पश्चात सो क्षेत्र खुल्ला गर्न सकिने यस अघिको छलफलमा सहमति भएकाे व्यहोरा जानकारी प्राप्त भएको छ । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाईको गुनासो प्रकृयामा लगिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाईको गुनासो प्रकृयामा लगिएको छ । कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल