+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-P4OE7X
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण अहिले यातायात कार्यालय पोखरामा नयाँ लाइसेन्स लिने सम्बन्धी फाराम खुलेको छैन । तर सो सम्बन्धी Trial भइनै रहेको छ । फाराम online भर्नुपर्नेमा त्यहाँका कर्मचारीको मिलेमतोमा Offline फारामहरू समेत दर्ता गर्ने गरेका छन् । के को आधारमा यस्तो गरिन्छ ? कर्मचारीलाई १५००/२००० रूपौयाँ दियो भने यो कार्य गरिदिन्छन् । त्यो रकम राजस्वमा जाँदैन । कर्मचारीले लिने गर्छन् । Offline फाराम लिएर तिनीहरूको मात्र Trial लिने गरेका छन् । प्रहरी एवम् अ.दु.अ.आ. को समेत प्रतिनिधिको रोहवरमा हुने Trial उल्लिखित बमोजिमको अवस्थामा कसरी सम्भव भईरहेको छ ? रातको समयमा १/२ घण्टामा अनलाईन फाराम बुझाउन मिल्नेगरी सफ्ट्वेयर समेत मिलाईदिने त्यहाँका कर्मचारीहरूले गर्ने गरेका छन् । यस विषयमा गम्भीर रूपमा जाँचपड्ताल गरी कारवाही हुनुप-यो ।
कार्यहरू
यस गुनासाेकाे सम्बन्धमा भौतिक पूर्वाधार विकास मन्त्रालय बाट लेखी आएकाेले फछर्याैट गरिएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी को मिति ०७५।६।१४ च.न. ८६ बाट साे सम्वन्धमा यस कार्यालयकाे फारम दर्ता प्रकृया यातायात व्यवस्था विभागकाे वेभ साइट www.dotm.gov.np मार्फत अनलाइन भर्नुपर्ने र अनलाइन फाराम भरी सकेपछी प्राप्त अनलाइन टाेकन मा उल्लेखित मितिमा सेवाग्राही हरु यस कार्यालयमा अाइ दर्ता गर्नु पर्ने प्रावधान रहेकाे। उत्त अनलाइन फारम वेभ साइट मार्फत यातायात व्यवस्था विभागले खुलाउने गरेकाे तर फाराम दैनिक रुपमा नखुलाइ कहिले कांही मात्र वेभ साइट मार्फत खुलने र अनलाइन फाराम भर्ने सेवाग्राही लाइ दैनिक रुपमा निधािरत संख्यामा टाेकन िलइ पालाे दिने हुदां ति व्यत्ती हरुकाे फाराम दर्ता र परीक्षाा िलने काम भैरहेकाे छ । कर्मचारी काे मिलेमाेताेमा पैसा िलएर अनलाइन वाहेकका कुनै फारम दर्ता गर्ने नगरेकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ भनी लेखी अाएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
मिति ०७५।६।१४ मा च.नं.१३ बाट जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल