+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2018-0QT0N1
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण सडक डिभिजन कार्यालय हेभी इक्विपमन्ट शाखा पोखरामा रहेका रोलर ग्रेडर जस्ता हेभी साधनहरु खाली रहेको अवस्थामा सार्वजनिक प्रयोगका लागि भाडामा उपलब्ध गराउने गरिएकोमा विविध कारण देखाइ नदिइएकाले आवश्यक निर्देशन प्रदान गरिदिन हुन ।
कार्यहरू
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट यस विषयमा लखी आएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
हेभी इक्पिमेन्ट डिभिजन पोखराको च. नं. ९६ मिति ०७५।७।७को प्राप्त पत्रानुसार यस सम्वन्धमा साधारणतया अाकस्मिक कार्य बाढीपहिरो हटाइ रणनैतीक राजमार्ग सुचार गर्न र सडक निर्माणमा प्रयाोग हुने मेशिन उपकरण हरु १ सेट मात्र रहेको र उपलव्ध ४१ यस्ता मेशिनहरुको लागि जम्मा १० जना अपरेटर को दरवन्दीमा ८ जना मात्र रहेकाेले कार्यालय हाताभित्र मेशिन रहेता पनि मेशिन उपलव्ध गराउन सकिने अवस्था नरहेकाे अनुराेध छ । बर्षायाम चैत्र देखी असाेज सम्म वििभन्न ठांउमा राजमार्गहरु सुचारु राख्न मेशिन सहित अपरेटर स्ट्याण्डबाइ राखिने हुंदा साे समयमा डिभिजन सडक कार्यालय हरुकाे अनुराेध र क्षेत्रीय सडक निर्देशनालय काे निर्देशनमा मेशिन खटनपटन भइरहेकाे हुंदा बाहिरी सार्वजनिक कर्यहरुलाइ प्राथमिकता का अाधारमा उपलव्ध गराउन नसिकएकाे व्यहाेराकाे जानकारी प्राप्त हुन अाएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
मिति ०७५।७।६ च.नं. सि.एम.२२काे पत्र बाट यस विषयमा के कसाे भए गरेकाे छ साे सम्वन्धी यथार्थ जानकारी तुरुन्त पठाइ दिनुहुन अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल