ट्र्याक नम्बर : 12-2019-CU0493
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : कमल प्रसाद बराल, पोखरा-६ , बैदाम
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: माननिय मुख्यमन्त्री ज्यु नमस्कार पोखरा -६ , शान्तिपथ स्थित एक घरमा बनेको गैरकानुनी भर्यांग वडा कार्यालयले सात दिने सूचना टास गरेर पनि हटाउने प्रयास गरेको छैन । सोधपुछ गर्न जादा प्रक्रियामा छ भन्ने जवाब मात्र आउछ । सात दिन कहिले पुग्ने हो कुनै टुङ्गो छैन । यो सम्बन्धि समाचार एक अनलाईन पत्रिकाले पनि प्रकाशित गरेको छ https://pokharanews.com/2019/06/74704/ । राज्य संयन्त्र यति कमजोर छ ? एक जनाले टेरेनन भनेर चुपचाप बस्नु पर्ने ? गाउगाउमा सिहदरबार आयो भन्ने सुनिन्थ्यो त्यहि भएर सबै शक्तिशाली भएर आफूखुशी जे गरेपनि हुन्छ कसले के गर्न सक्छन भन्ने घमण्ड आएको पो हो कि ? नभए प्रक्रिया पुगिसकेको काम किन हुन सकेन ? अब यसलाई हामिले कसरि बुझ्ने ? सार्बजनिक सम्पत्तिको बेचबिखन भएको बुझ्ने कि स्थानिय निकायको अहंकार बुझ्ने ? जहाँ जति गुनासो गरेपनि सम्बन्धित निकायले कानमा तेल हालेर बसेको छ । राज्यको सम्पत्ति राज्यलाई नै मतलब नहुने कस्तो दिन आयो । हामी नागरिक त निरिह नै हुनपर्यो , हजुरहरु पनि हामी जस्तै निरिह नहुनुहोला भन्दै यसमा कामकारबाही अघि बढ़ाउनु हुन हार्दिक अनुरोध गर्दछु
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
आवश्यक कार्यवाहीका लागि पो.म.न.पामा पठाइएको। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
आ काको लागि पोखरा पोमनपामा पठाउने । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |